स्वास्थ्य र संगीत : कुटुम्बसँग

17 / Jan 2026

स्वास्थ्य, संगीत र स्थानीय उत्सव – VOW Media सबैलाई स्वागत गर्दछ!
आफ्नो स्वास्थ्यको ख्याल राख्दै चर्चित ब्याण्ड कुटुम्ब Kutumba तथा अन्य सांगीतिक कायक्रमकाे सुमधुर धुनमा झुम्न मन छ? त्यसो भए यो शनिबार जुनकिरीः नारीवादी पुस्तकालयकाे आफ्नै टोलमा आयोजना हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन नछुट्नुहोला!
यस पटक काठमाडौं महानगरपालिका वडा नं. १९ कार्यालय र विभिन्न संघ-संस्थाहरूको सहकार्यमा आयोजना गर्न लागिएकाे यस निःशुल्क बाथरोग (Rheumatoid Arthritis) परीक्षण र स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
कार्यक्रममा के-के हुनेछन्?
कुटुम्ब ब्याण्ड र अन्य कलाकारहरूको प्रत्यक्ष सांगीतिक प्रस्तुति।
निःशुल्क स्वास्थ्य शिविर: बाथरोग, रगत, Uric Acid, Sugar, लगायतको जाँच।
️ महिला उद्यमी मेला: स्थानीय महिला उद्यमीहरूले बनाएका हस्तकला र उत्पादनहरूको स्टल।
खानाका स्टलहरू: विभिन्न स्वादका परिकारहरू।
थप आकर्षण: Face painting र Tarot Reading।
विवरण: ️ मिति: २०८२ माघ ३ गते, शनिबार समय: बिहान १० बजेदेखि साँझ ६ बजेसम्म
स्थान: ढोकाटोल, कम्पुकोट (अरुणोदय अाधारभूत विद्यालयको प्राङ्गण) – बसन्तपुरबाट प्याफल हुँदै बायाँ पश्चिमको बाटो ।
आफ्नो स्वास्थ्यको जाँच गराउनुहोस्, स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्नुहोस् र संगीतको आनन्द लिनुहोस्।
यो नि:शुल्क अवसरलाई सदुपयोग गरौं!
आफ्नो परिवार र साथीभाइलाई पनि यो मेसेज सेयर गरेर जानकारी गराउनुहोला है!

Event Location:

ढोकाटोल, कम्पुकोट (अरुणोदय अाधारभूत विद्यालयको प्राङ्गण) - बसन्तपुरबाट प्याफल हुँदै बायाँ पश्चिमको बाटो ।