Dhanusha5_ZoomPoster

7 / Oct 2021

१० वर्षे सशस्त्र द्वन्द्वको समयमा थुप्रै मानव अधिकार उल्लंघनका घटनाहरु भएका छन् । २०५९ असोज २१ गते जनकपुरका ५ जना निर्दोष बिद्यार्थी युवाहरु संजिव कर्ण,जितेन्द्र झा, दुर्गेश कर्ण लाभ, शैलेन्द्र यादव र प्रमोद नारायण लाई २०६० असोज २१ गते प्रहरीले नियन्त्रणमा लिई तत्कालीन शाही सेनालाई बुझाइएको थियो । वर्षौं बेपत्ताको सूचिमा रहेका  ५ जनालाई ७ वर्षपछि हत्या गरि पुरेको ठाउँ उत्खनन गरि परिवारलाई २०७१ साउन ७ गते हाडखोर बझाईएको थियो । परिवारले लास पायो तर कानूनी र परिपूरणीय न्याय भने अहिले सम्म पाउन सकेको छैन । यही विषयमा रहेर परिवारको हालको अवस्था कस्तो छ? परिवार के चाहन्छ? भन्ने विषयवस्तुमा रहेर भ्वईसेस अफ विमेन मिडियाले १० वर्षपछि लाश मिल्यो तर अझै न्याय मिलेन नामको वृत्तचित्र तयार गरेको छ । जनकपुर ५ को १८ औं स्मृति दिवसमा उक्त वृत्तचित्र सार्वजनिकीकरण भ्वईसेस अफ विमेन मिडियाले जुम मार्फत निम्न मिति र समयमा कार्यक्रम सम्पन्न गर्न लागेकोले  तपाईलाई जुम मार्फ सहभागीता जनाईदिनहुन हार्दिक आमन्त्रण गर्दछौं ।

मिति : ७ अक्टोवर २०२१÷ असोज २१ २०७८ बिहिवार
समय : बिहान ९ः३० देखि ११ बजे सम्म

वक्ताहरुः
१. मुरारी प्रसाद खरेल : का.मु. सचिव ः राष्ट्रिय मानव अधिकार आयोग, नेपाल
२. अधिवक्ता रेश्मा थापा : अधिकारकर्मी
३. राजिव कर्ण : परिवार प्रतिनिधी

जुम लिंकः  Join Zoom Meeting
https://us06web.zoom.us/j/89047376212?pwd=dS9CTHVidVR3a1ZoWE1xdWc2d1IxZz09

Meeting ID: 890 4737 6212
Passcode: 792012

Event Location:

VOW Media