Story Digitization Training Poster

8 - 12 / March 2023

मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुका कथाहरुको डिजिटल अभिलेखिकरण सम्बन्धि क्षमता अभिबृद्धि तालिमको बारेमा सूचना

भ्वाइसेस अफ वोमन मिडिया (Voices of Women Media-VOW Media) ले मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुका कथाहरुको डिजिटल अभिलेखिकरण सम्बन्धि पाँच दिने क्षमता अभिबृद्धि तालिम आयोजना गर्ने भएकाले उक्त तालीममा सहभागि हुन इच्छुक नागरिक समाज संस्थाहरुहरू वा सामाजिक संघसंस्थाहरुसँग आवद्ध भएका व्यक्तिहरुलाई मिति २०७९ माघ २० गते सम्ममा आवेदन दिनु हुन अनुरोध गरिन्छ । तालीमको विस्तृत बिवरण देहाय बमोजिम रहेको छ ।

 सहभागिताको लागि  आवेदन फारम यस लिंक क्लिक गर्नुहोला  

 

तालीमको नामः मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुका कथाहरुको डिजिटल अभिलेखिकरण सम्बन्धि पाँच दिने क्षमता अभिबृद्धि तालिम
तालिमको उद्देश्यः नागरिक समाज संस्थाहरु र सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुलाई मानव अधिकार उल्लङ्घनका घटनाहरुका पीडितहरुका कथाहरुको डिजिटल अभिलेखिकरण (फोटो, भिडियो र कागजातहरूको माध्यमबाट) गर्ने क्षमता अभिबृद्धि गरि पीडितहरुका कथाहरुको डिजिटल अभिलेखिकरण गर्न सहयोग पुर्याउने ।
तालीमको अवधिः ५ दिन
मितिः २०७९ फागुन २४ देखि २८ सम्म(8 to 12 March 2023)
स्थानः प्रारम्भिक छनौट पस्चात जानकारी गराइनेछ ।
तालिमको प्रकारः आवासिय
सहभागि संख्याः २० जना
सहभागिहरुका लागि प्रदान गरिने सुबिधाहरुः  

सम्पूर्ण सहभागीहरुलाई तालीम अवधिभरको लागि होटलमा खाना र आवासको व्यवस्था गरिने छ । साथै सहभागीहरुलाई आफ्नो जिल्लाबाट तालीम आयोजना हुने स्थान बुटवलसम्म दुईतर्फी यातायात खर्च (बस भाडा) र यात्रा गर्दाको खाना खर्च प्रदान गरिनेछ । यस बाहेक सहभागीहरुलाई अरु कुनैपनि भत्ता प्रदान गरिनेछैन ।

तालीम लिएपछि सहभागिले गनुपर्ने कामः  

तालीम लिएपछि प्रत्येक सहभागिले आ–आफ्नो जिल्लामा गई स्थानीय सहकार्य संस्थाहरुसँगको समान्वयमा ५ वटा कथाहरुको अभिलेखिकारणमा काम गर्नुपर्ने छ । कथा अभिलेखिकारण गर्ने क्रममा आवश्यक सामान्य यातायात खर्च र मसलन्द खर्च आयोजक संस्थाले प्रदान गर्नेछ ।

१० लक्षित भौगोलिक क्षेत्रः  

  • मधेश प्रदेशको सप्तरी, सिराहा र महोत्तरी जिल्लाहरु
  • लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला
  • कर्णाली प्रदेशको सुर्खेत र रुकुम पश्चिम जिल्लाहरु

 

तालीमको लागि इच्छुक सहभागीहरुको न्यूनतम योग्यता तथा मापदण्डहरु

  • - सामान्य लेखपढ गर्न सक्ने हुनु पर्नेछ ।
  • - सहभागि कुनैपनि नागरिक समाज संस्थामा वा सामाजिक संघसंस्थासँग आवद्ध भएको हुनु पर्नेछ ।
  • - सहभागि मधेश प्रदेशको सप्तरी, सिराहा र महोत्तरी जिल्लाहरु वा लुम्बिनी प्रदेशको रुकुम पूर्व वा कर्णाली प्रदेशको सुर्खेत र रुकुम पश्चिम जिल्लाहरुको हुनु पर्नेछ रजिल्लाको भौगोलिक र सामाजिक आयामहरुका बारेमा जानकारी भएको हुनुपर्ने ।
  • - डिजिटल कथाहरुको अभिलेखिकरण (Digital Story Documentation)सिक्ने ईच्छा भएको व्यक्ति हुनु पर्ने ।
  • - फोटो, भिडियो खिच्न सक्ने सामान्य ज्ञान वा चासो भएको हुनुपर्ने ।
  • - फोटो, भिडियोसँग जोडिएका उपकरणहरु चलाउन जान्ने वा चासो भएको हुनुपर्ने र फोटो, भिडियो खिच्न मिल्ने क्यामेरा वा मोबाईल फोन साथमा भएको हुनुपर्ने ।
  • - नेपालमा घटेको १० वर्षे सशस्त्र द्वन्द्वका विषयमा सामान्य जानकारी भएको हुनुपर्ने ।
  • - द्वन्द्वपीडितका मुद्दाहरु प्रति सम्वेदनशील हुनुपर्ने ।
  • - राजनीतिक रुपमा सक्रिय नभएको व्यक्ति हुनुपर्ने ।
  • - स्वयमसेवी भावनाको व्यक्ति हुन पर्ने र तालिम लिएपछि स्थानीय संस्थासँगको समन्वयमा पीडितहरुको पहिचान र प्रारम्भिक अनुसन्धानमा सहयोग गर्न सक्ने क्षमता भएको हुनुपर्ने ।
  • - तालिम अवधिभर र प्रारम्भिक अनुसन्धानको क्रममा समय दिन प्रतिवद्धता भएको हुनुपर्ने ।
  • - तालिम तथा अनुसन्धानका क्रममा भेटिएका विषयहरुका बारेमा गोपनियकता कायम गर्नुपर्ने ।

 

नोटः सहभागी छनौट गर्दा महिला, सिमान्तकृत वर्ग, जनजाती, दलित, अल्पसंख्यक, आपागंगता भएका व्यक्ति र लैंगिक तथा यौनिक अल्पसंख्यक लाई प्रथमिकता दिईनेछ ।

यस तालीममा सहभागि हुन इच्छुक नागरिक समाज संस्थाहरुहरू वा सामाजिक संघसंस्थाहरुसँग आवद्ध भएका व्यक्तिहरुलाई मिति २०७९ माघ२० गते सम्ममा आवेदन फारम भरेर पठाउनुहुन अनुरोध गरिन्छ ।

Event Location: